एक बर्षमा नेपालमा ७ अर्ब ७२ करोडको ल्यापटप आयात

एक बर्षमा नेपालमा ७ अर्ब ७२ करोडको ल्यापटप आयात

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ ।
अनलाइन कक्षा तथा जुम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।

नेपालले आयात गर्ने ल्यापटपमध्ये करिव ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७ / ७८ मा ९९ करोड २६ लाख ७० हजार रुपैयाँ राजस्व पनि संकलन गरेको छ ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar