सुनको मूल्य तोलाको ३०० घट्यो

सुनको मूल्य तोलाको ३०० घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकेको छ। यो मूल्य गत शुक्रबारको भन्दा ३०० रुपैयाँ न्यून हो। शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य भने आज ९० हजार ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले घटेको छ। गत शुक्रबार एक हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १८० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar