काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर करिब १ अर्ब राजस्व छलेको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ ।
गोर्खा ब्रुअरीले नियम विपरित ५९ लाख ७६ हजार लिटिर बियरमा बढी जर्ती दाबी गरेर अन्तःशुल्क तिरेको थिएन । ब्रुअरीले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म १ प्रतिशत बिन्दुले बढी लिएर ९२ करोड रुपैयाँ कर छली गरेको देखिएको हो ।
गोर्खा ब्रुअरीले टुबर्ग,काल्सबर्ग तथा गोर्खा ब्राण्डमा बियर उत्पादन गर्छ ।