काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.२४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ । २२९ कम्पनीक ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँमा कारोबार भएको छ