बजारमा खाने तेलको मूल्य अत्याधिक बढ्यो

बजारमा खाने तेलको मूल्य अत्याधिक बढ्यो

काठमाडौं । बजारमा खाने तेलको मूल्य पुनः बढेको छ। पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको छ ।

तोरी, सनफ्वालर र भटमास सबैको मूल्य एकाएक बढेको छ । झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको व्यापारीहरु बताउँछन् । तेलको भाउ प्रतिलिटर २३५ सम्म आइपुगेको थियो । तर अहिले २६५ रुपैयाँकै अवस्थामा पुगेको छ ।

प्रकाशित मिति:     ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar