जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु

जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु

काठमाडौं, १३ फागुन । जाकरकोटको जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्र पारिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको छ ।

झण्डै ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम शुरु गर्न लागिएको हो । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको शुरुआतसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने छ । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल शुरु गर्न लागिएको हो ।

त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम शुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar