आइतबार पाँच कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि

आइतबार पाँच कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि

काठमाडौं। आइतबार सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ।

नेप्सेमा कीर्तिमानी कारोबार भएको दिन चार वटाको सेयर मूल्य १० प्रतिशत र एक कम्पनीको मूल्य ९ प्रतिशतले बढेको हो। खानी खोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, आज आईसीएफसी ९ प्रतिशतले मूल्य बढेको नेप्सेले जानकारी दिएको छ।

प्रकाशित मिति:     ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar