सुनको मूल्यमा तोलाको एक हजार बढ्याे

सुनको मूल्यमा तोलाको एक हजार बढ्याे

काठमाडौं । आइतबार नेपालमा सुन तोलाको एक हजार रुपैयाँ बढेको छ। गत साता घटेर तोलाको ८९ हजारभन्दा तल पुगेको कारोबार मूल्य साताको पहिलो दिन ९० हजार रुपैयाँभन्दा माथि उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधबार सुन प्रतितोला ८८ हजार ८ सयसम्म आइपुगेको थियो। त्यसयता फेरि क्रमिक बढेको हो।

प्रकाशित मिति:     ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar