सेबनका अध्यक्ष र नेप्सेका सीइओलाई अर्थ समितिले बोलायो

सेबनका अध्यक्ष र नेप्सेका सीइओलाई अर्थ समितिले बोलायो

काटमाठौं । सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्‍न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृतलाई अर्थ समितिले बोलाएको छ । आइतबार बैठक बस्ने गरी बोलाएको छ ।

पुँजी बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र दोस्रो बजारमा धितोपत्र कारोबार गराउने निकाय नेपाल स्टक एक्स्चेन्जका सीईओ चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको सेयर राखेको खुलासा भएको थियो ।

ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा र साउदले पत्नी शुशीला कुमारी बोहराको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर लिएको पाइएको छ । सर्वोत्तम सिमेन्टले पहिलोपटक प्रिमियम मूल्यमा सेयर जारी गर्न अनुमति पाएको छ । यसअघि प्रतिकित्ता एक सय अंकित मूल्यमा मात्र प्राथमिक सेयर निष्काशन ९आइपीओ० जारी गर्न सकिने व्यवस्था थियो ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar