काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आजदेखि निष्काशन भएको छ।
लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो। कुल सेयरमध्ये ५ हजार ४६९ कित्ता सेयर कर्मचारीलाई १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लघुवित्तको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। पछिल्लो समय आईपीओमा माग भन्दा निकै धेरै आवेदन पर्न थालेको छ । जस्को कारण १० कित्ता सेयर पाउन पनि मुश्किल छ । यो पनि गोलापर्थाबाट हात लाग्ने गरेको हुँदा यस्मा पनि यहि १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त हुन्छ ।
आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ।