आइतबार सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

आइतबार सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा पनि जलविद्युत्‌ कम्पनीका लगानीकर्ताहरूले उच्च लाभ प्राप्त गरेका छन् ।

०.६६ अंकले बढेको नेप्से परिसूचक ३१०८ बिन्दुमा पुगेको हो । १३ समूहमध्ये सात समूहका परिसूचक कमजोर छन् । जलविद्युत्‌ समूहका परिसूचक तीन दशमलव ३३ प्रतिशतले बढेको छ ।

अपी पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त, न्यादी ग्रुप पावर, युनियन लाइफ इन्स्योरेन्स र कर्णाली विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

कारोबार पनि १४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar