काठमाडौं । सेयर बजार परिसूचक १६ अंक घटेको दिन बिहीबार सबैभन्दा धेरै हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
२ सय २६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यसमा नेपाल फाइनान्स, कर्णाली विकास बैंक र जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशले बढेको छ।
बिहीबार गुमाउनेमा हाइड्रोका लगानीकर्ता छन् । त्यसमा पनि युनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड मोदी र बरुण हाइड्रोपावर छ । यी कम्पनीको मूल्यमा ५ प्रतिशत बढीले घटेको छ।