सानिमा लाईफ इन्स्योरेन्सले साउन २० देखि आईपीओ जारी गर्ने

सानिमा लाईफ इन्स्योरेन्सले साउन २० देखि आईपीओ जारी गर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो ।

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो आईपीओ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ ।

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar