अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सोमवारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको ) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो ।

केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताए । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३३० रुपैयाँसम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० रुपैयाँ हाराहारी पर्ने उनको भनाइ छ । बजारको मागअनुसार दररेट बढाइएको उनले बताए।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar