पठाओ राइडरमाथि बस व्यवसायीद्वारा हातपात

पठाओ राइडरमाथि बस व्यवसायीद्वारा हातपात

काठमाडौं । राइड सेयरिङ एप पठाओका चालकमाथि यातायात व्यवसायीले हातपात गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले गरको आन्दोलनको क्रममा आन्दोलनलाई बिथोल्न सहयोग गरेको भन्दै आन्दोलनमा सहभागी ट्याक्सी र बस व्यवसायीले हातपात गरेका हुन् ।

पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज आन्दोलनमा उत्रिएकाले पठाओ राइडरमाथि हातपात गरेको बताएका छन् । बस व्यवसायी र ट्याक्सी व्यवसायीले पठाओका २ जना चालकलाई हातपात र ४ वटा पठाओको चाबी खोसेका थिए । तर सार्वजनिक यातायात केन्दीय महासंघका महासचिव भरत नेपाल भने पठाओ चालक माथि हातपात नभएको बताए ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar