साउन १ देखि बढ्यो मदिराको मूल्य, कुनको कत्ति भयो ?

साउन १ देखि बढ्यो मदिराको मूल्य, कुनको कत्ति भयो ?

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । बजेट मार्फत सरकारले वाइन, बियर, ह्विस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको छ । साउन १ देखि उक्त मूल्य लागू भएको छ।

बजेटपछि प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले बियरमा लाग्दै आएको अन्तःशुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ । १६५ रुपैयाँ प्रतिलिटर अन्तःशुल्क रहेको वाइनको १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ । यस्तै, १५ युपीको मदिराको अन्तःशुल्क १५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ ।

२५ युपीको मदिरा लिटरमा ९ सय ९० रुपैयाँ अन्तःशुल्क लिँदै आएकोमा बजेटपछि अधिकतम १ हजार १ सय १८ रुपैयाँ पुर्‍याइएको छ । ३० युपीको मदिरा ९२० रुपैयाँ अन्तःशुल्क लिइएकोमा हाल १ हजार १ सय ५ रुपैयाँ पुर्‍याइएको छ । अन्य मदिराहरुमा १ हजार ३ सय २५ रुपैयाँ प्रतिलिटर अन्तःशुल्क रहेकोमा हाल १ हजार ५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ । ।

बजेटपटि बढेको अन्तःशुल्कका कारण अब वियरको मूल्य सरदर प्रति बोतल ५० रुपैयाँले बढेको छ। २०० देखि २५० रुपैयाँ प्रतिबोटल मूल्य रहेको वियरको मूल्य ३०० रुपैयाँ, ३००–३८० रुपैयाँ प्रतिबोटल रहेको वियरको मूल्य ४५० रुपैयाँ हारहारी पुग्ने छ ।

त्यस्तै, वल्र्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सन लगायका हार्ड ड्रिङस्हरुको मूल्य प्रतिलिटरमा ४ सय रुपैयाँले बढ्ने छ । जस अनुसार हाल प्रतिलिटर ३ हजार ७७० रुपैयाँ प्रतिलिटर रहेको वल्र्ड दरबारको अन्तःशुल्क वृद्धिपछिको मूल्य ४ हजार माथि पुग्नेछ ।

यस्तै, रुस्लान भोड्का तथा ८८४८ ब्राण्डको वाइन प्रतिलिटरमा ३ सय रुपैयाँले बढ्ने अनुमान गरिएकोमा यसको मूल्य क्रमशः २ हजार ४ सय र २ हजार हाराहारी पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar