मोटरसाइकलको विकल्प बन्नसक्छ यी २ सिटे सस्ता विद्युतीय कार

मोटरसाइकलको विकल्प बन्नसक्छ यी २ सिटे सस्ता विद्युतीय कार

काठमाडौं । श्री इकोभिजनरी प्रालिले नेपालमै सस्तो विद्युतीय गाडी भित्र्याएको छ। कम्पनीले चिनियाँ ब्राण्ड ‘सिटी स्प्रिट’का विद्युतीय ब्राण्ड कम्पनीले नेपाल भित्र्याएको हो।

कम्पनीले २ सिटे र ४ सिटे चारवटा भेरियन्टमा नेपाल भित्र्याएको छ। लिथियम आयन र एसिड लिड दुवै ब्याट्रीमा उपलब्ध ब्राण्ड कारको गति ८० किमि प्रतिघण्टा छ। लिथियम आयन ब्याट्रीमा ३ वर्षको वारेन्टी हुने बताइएको छ।

मोटर, कन्ट्रोलरमा २ वर्ष वारेन्टी हुनेछ। ग्रेडिबिलिटी २० प्रतिशत रहेको गाडीमा १५ किलोवाट अधिकतम पावर रहेको छ। इको भिजनरीले विभिन्न मोडलका कार आयात गरी बिक्री गर्दै आएको छ। कम्पनीका रविन्द्र श्रेष्ठले सिटी स्प्रिट ब्रान्डका विद्युतीय गाडी बिक्री सुरु गरेको बताए।

उनले सिटी स्प्रिट गाडी बाइक तथा स्कुटरको विकल्पको रुपमा बजारमा ल्याएको जानकारी दिए।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar