सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

काठमाडौं, ७ फागुन । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटेलको पहिचानलाई स्थापित गर्न संकेत चिह्‍नका रुपमा तारा (स्टार) चिह्‍न निर्धारण गर्ने भएको छ । होटेलले दिने सेवा, गुणस्तर, क्षमतालगायत विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्‍न प्रदान गर्ने र त्यसलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।

संकेत चिह्‍नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटेलले प्राप्त गरेको तारा अथवा चिह्‍न रहनेछ भने सबैभन्दा तल होटेलको नाम रहनेछ । यस्तो संकेत चिन्न निश्‍चित साइजको हुने र उक्त चिह्‍नलाई होटेल, रिसोर्ट तथा बुटिक होटेललगायत सबै किसिमका होटेलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ ।

सबैस्तरका रिसोर्ट, तरास्तरका होटेल तथा सबै स्तरका बुटिक होटेलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटेलररिसोर्टको बनोटअनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिह्‍न अर्थात् प्राप्त गरेको संकेत चिह्‍नसहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar