मनकामना स्मार्टको आइपीओ बाँडफाँट, रिजल्ट कहाँबाट हेर्ने ?

मनकामना स्मार्टको आइपीओ बाँडफाँट, रिजल्ट कहाँबाट हेर्ने ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत ३६ हजार ३४९ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ३४७ जनालाई १० कित्ता र २ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई ३ लाख ६३ हजार ४९२ कित्ता सेयर बाँडफाँड गरेको हो ।

मनकामना स्मार्टले असार १७ गतेदेखि २१ गतेसम्म कुल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेकामा ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो । यो आइपीओमा रितपूर्वक आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना सर्वसााधारणलाई गोलाप्रथामा सहभागी गरिएको बिक्री प्रबन्धकले जनाएको ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मनकामना स्मार्ट लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा भने १ देखि २ घण्टापछि मात्र प्रकासन हुने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar