अब नेपालले कोलकाता÷हल्दिया पोर्टसम्म सिधै वस्तु तथा सामान ढुवानी गर्न पाउने

अब नेपालले कोलकाता÷हल्दिया पोर्टसम्म सिधै वस्तु तथा सामान ढुवानी गर्न पाउने

काठमाडौं । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनपछि नेपालले आफ्नै रेल तथा वागन प्रयोग गरी भारतको कोलकाता÷हल्दिया पोर्टसम्म सिधै वस्तु तथा सामान ढुवानी गर्न पाउने भएको छ । यसले नेपालको व्यापार लागत कम पर्ने अपेक्षा गरिएको छ ।

शुक्रवार भएको लेटर अफ एक्सचेन्ज (एलओई) दुवै देशका अधिकारीहरूबीच आदानप्रदान भएसँगै नेपालले यस्तो सुविधा पाउने भएको हो । पारवहन कार्गाे ढुवानीमा कन्टेनर कर्पाेरेशन अफ इन्डियाको एकाधिकार तोडिएसँगै प्रतिस्पर्धा हुने भएकाले कार्गाे ढुवानीको लागत घट्ने अपेक्षा गरिएको छ ।

सम्झौतासँगै नेपाल लक्षित पारवहन कार्गाे ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेलसेवा दिन सक्नेछ । हाल नेपालको वीरगन्जसम्म रेलसेवा उपलब्ध छ । अब यसका साथै विराटनगर, भैरहवा, इनरवा (जनकपुर)मा रेल सम्बद्ध पुर्वाधार तयार भएपछि रेलसेवा उपलब्ध हुुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar