जीवन विकास लघुवित्तको आइपीओमा पौने २१ लाखको आवेदन

जीवन विकास लघुवित्तको आइपीओमा पौने २१ लाखको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । कम्पनीको आइपीओमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ५ः४५ बजेसम्ममा ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:     १५ असार २०७८, मंगलवार  |    Himali Khabar