यो साता शेयर लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब ८९ अर्ब घट्याे

यो साता शेयर लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब ८९ अर्ब घट्याे

काठमाडौं । गत साताभन्दा यो साता नेप्से परिसूचक ४. २३ प्रतिशतले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९६८.४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ ८४३ विन्दुमा कायम भएको हो ।

यो साता गत साताभन्दा कारोबार रकम ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम ७ अर्ब ३ करोडमा खुम्चिएको छ ।

यस्तै लगानीकर्ताहरुको सम्पत्तिको मूल्य १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख हजार घटेको छ । गत साता ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख रहेको कुल बजार पूँजीकरण रकम ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति:     १२ असार २०७८, शनिबार  |    Himali Khabar