काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ । यो दिन कारोबार संख्या र रकममा पनि भारी गिरावट देखिएको छ ।
१ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७३९.५ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा ३३ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ट्रेडिङ, जलविद्युत् कम्पनीमा वृद्धि देखिएको छ भने अन्य समूहमा गिरावट देखिएको छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी ९.८८ प्रतिशत वृद्धि भएको छ । साथै बढी गुमाउने कम्पनीहरुमा न्याग्दी ग्रुप पावर, वरुण हाइड्रोपावर लगायत छन् ।