काठमाडौं । लगानीकर्ताका लागि बुधबार शेयर बजार निकै निराशाजनक रह्यो । नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२ विन्दुमा झरेका छ ।
कारोबारमा आएका १३ समूह मध्ये सबै समूहको सूचक रातै छ । कारोबार पनि १ सय १६ कम्पनीको ६ अर्ब ६५ करोड रुपैयाँको मात्र भएको छ। यसअघि १७ अर्बसम्मको कारोबार भएको छ।
यस्तै यो दिन सबैभन्दा धेरै कमाउनेमा राधी हाइड्रोपावर र छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । राधीको शेयर मूल्य ९.५१ प्रतिशतले बढेको छ । गुमाउनेमा भने बरुण हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा अगाडि छन् । यो कम्पनीको शेयर मूल्य ६.१२ प्रतिशतले घटेको छ ।