प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ।

यसैगरी आज चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar