काठमाडौं । यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ७१.०६ अंकको पहिरो गएको छ। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै सूची प्रकाशन गरेपछि पहिरो जान थालेको बजार २८३४.४० विन्दुमा झरेको हो ।
सोमबार कारोबारमा आएका १३ वटै समूह रातो छ । कारोबार पनि ११ अर्ब ८४ करोडको मात्र भएको छ।
सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३० करोडको कारोबार भएको छ। बजार घटेको दिन पनि ारायणी डेभलपमेन्टका लागनीकर्ताले भने धेरै कमाएका छन् ।