रिलायबल लाइफले आइपीओ निष्कासनका लागि रेटिङ गरायो, ट्रिपल बी रेटिङ पायो

रिलायबल लाइफले आइपीओ निष्कासनका लागि रेटिङ गरायो, ट्रिपल बी रेटिङ पायो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ ।

सले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको भन्ने पनि जनाउँछ ।

यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

प्रकाशित मिति:     ७ असार २०७८, सोमबार  |    Himali Khabar