काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।
३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।
नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने यस अघिको कारोबार भन्दा थोरै सुधारिएको छ । गत बिहीबार ११ अर्ब भन्दाकमको कारोबार भएकोमा आइतबार भने करिब १२ अर्बको कारोबार भएको छ । कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ पुगेको छ ।