काठमाडौं । चार कम्पनीले १ करोड १६ लाख १ हजार ९६०. ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
ती कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै हकप्रद शेयर निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।
छ्याङ्दी हाइड्रोपावर, शिखर इन्स्योरेन्स कम्पनी, एक्सेल डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।
चार कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले आव २०७६/७७ को २७ दशमलव ७६ प्रतिशत बोनस शेयर वितरण कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।