काठमाडौं । जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
लघुवित्तले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत आर्थत् ३० हजार ४२० कित्ता कर्मचारी र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।
बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ ।