बोर्डको कारण यी १० कम्पनीको सेयर मूल्यमा भारी गिरावट

बोर्डको कारण यी १० कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । ५२.४१ अंकले घटेर २९६९.६९ विन्दुमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार जारी ५१ वटा कम्पनी लगानीका लागि असुरक्षित रहेको भन्दै विज्ञप्ति निकालेपछि धेरै कम्पनीहरुको मूल्य घटेको छ। केहीदिन यता सेयर मूल्य निकै बढेको र लगानीकर्ताहरुको आकर्षण समेत देखिएको हाइड्रोपावर र फाइनान्स र इन्स्योरेन्स कम्पनीहरुको सेयर मूल्य निकै घटेको छ। गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर लगायतका कम्पनीको मूल्यमा ९ प्रतिशत भन्दा बढीको गिरावट छ ।

प्रकाशित मिति:     २ असार २०७८, बुधबार  |    Himali Khabar