काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा जोखिम रहेको बताइएको छ ।
नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यी ५१ कम्पनीमा तुलनात्मक रुपमा जोखिम देखिएको बोर्डले जनाएको छ ।
सेयर बजार उच्च अंकमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ। बोर्डले ति कम्पनीहरुलाई नामै तोकेर लगानी जोखिम भनेपछि त्यसको तीब्र आलोचना भइरहेको छ । लगानीकर्ता संघसंस्था र स्वयंम नेप्सेले पनि त्यसको विरोध जनाएको छ ।
बोर्डको यसै निर्णयको प्रभावले बुधबार ति मध्ये अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट पनि आइरहेको छ । पछिल्लो समय यी कम्पनीमा लगानीकर्ताहरुले निकै आकर्षण देखिएको छ।
https://drive.google.com/file/d/1Es1EG_VKHR0duLsdGMjt2g04yx6YBLAM/view