काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ वटा कम्पनीको नाम नै तोकेर सार्वजनिक गरिएको प्रतिवेदनप्रति नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले असन्तुष्टि जनाएका छन् ।
कुनै कम्पनीको मूल्य नै तोकेर यो मूल्य धेरै भएको भन्नु गलत भएको उनले बताए । खुला बजारमा मूल्य नियामक निकायले नभइ बजारले तोक्ने भन्दै उनले यो प्रतिवेदनले कम्पनीको ‘इमेज’ खराब बनाएको र लगानीकर्ताको लगानी पनि जोखिममा परेको बताए । बोर्डले अध्ययन प्रतिवेदन गलत नियतले नभई बजारमा सुधार गर्न नै बनाएको भए पनि कम्पनीको नाम नै तोकेर आउनु भनेको हतारमा गरिएको कमजोरी भएको उनको प्रतिक्रिया छ ।
‘बोर्डले संसारमा कहीँ पनि नभएको काम गरेको भन्दै यो कम्पनीको मूल्य ठीक छ यसको ठीक छैन भनेर भन्नै नमिल्ने बताए । साउदले सरोकारवालासँग राय लिने वा सल्लाह गरेर काम गर्ने हो भने यस्तो समस्या नहुने बताए ।