काठमाडौं । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले वृद्धि भएर २९८३.११ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत निकै वृद्धि भएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।