१६ कम्पनीको आइपीओ पाइपलाइनमा, निषेधाज्ञा खुले लगतै खुला हुने

१६ कम्पनीको आइपीओ पाइपलाइनमा, निषेधाज्ञा खुले लगतै खुला हुने

काठमाडौं । निषेधाज्ञाका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले आवश्यक कागजपत्र बुझाउन नसक्दा आईपीओ निष्कासनमा ढिलाई भएको छ । बोर्डमा हाल १६ कम्पनीको ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ ।

बोर्डबाट स्वीकृति पाएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ अहिले निषेधाज्ञाकै कारण स्थगित भएको छ । १६ वटा कम्पनीमध्ये ११ वटा जलविद्युत् कम्पनी रहेका छन् । त्यसैगरी तीन वटा लघुवित्त र एउटा डिस मिडिया लिमिटेड (डिसहोम) रहेको छ । यी कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा बढी अर्थात् १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ ।

यस्तै ग्रीन, न्यादी, बलेफी, अपरसोलु, दोर्दी खोला, विन्दबासीनी हाइड्रोपावरले आइपीओको लागि निवेदन दिएको छ। यस्तै हिमालयन पावर, जीवन विकास लघुवित्त, समलिङ पावर, बुद्धभुमि, सयपत्री हाइड्रो, मैलुङखोला जलविद्युत, मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहेका छन् ।

डिसहोमले आईपीओका लागि थप कागजपत्र जुटाउन नसक्दा लामो समयदेखि स्वीकृती पाउन सकेको छैन ।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar