नेप्सेमा ऐतिहासिक कारोबार हुँदा, यी कम्पनीले सबैभन्दा धेरै कमाए

नेप्सेमा ऐतिहासिक कारोबार हुँदा, यी कम्पनीले सबैभन्दा धेरै कमाए

काठमाडौं । आइतबार शेयर बजारमा निकै उत्साह आएको छ। शेयर बजार १२.५४ अंकले बढेको छ भने कारोबार पनि १७ अर्ब रुपैयाँ बढीको भएको छ।

यसदिन डेढ दर्जन बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ज्योति विकास बैंक १० प्रतिशत, घलेम्दी हाइड्रोपावर ९.९६, आँखुखोला जलविद्युत कम्पनी ९.९६, गुडविल फाइनान्स ९.९५ र लुम्बिनी विकास बैंक ९.९४ प्रतिशतले मूल्य बढेको छ।

यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ९.९१, सोल्टी होटल ९.९१, ओरियन्टल होटल ९.८९, खानीखोला हाइड्रोपावर ९.८८, जोशी हाइड्रोपावर ९.८४, दिव्यश्वरी हाइड्रोपावर ९.८०, समृद्धि फाइनान्स ९.७२, युनियन हाइड्रोपावर ९.६९, सांग्रिला डेभलपमेन्ट बैंक ९.६८, सिन्धु विकास बैंक ९.५४, महालक्ष्मी विकास बैंक ९.४ र रिलायन्स फाइनान्सको शेयर मूल्य ९.०१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar