सुनको मूल्य फेरि तोलामा ७ सय बढ्यो

सुनको मूल्य फेरि तोलामा ७ सय बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम थियो । यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar