काठमाडौं। आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।