काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट गरेको आइपीओ बाँडफाँडमा २ लाख ३४ हजार एक सय ९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले पाएका छन् ।
बाँडफाँड गरेपछि बाँकी रहेको ४ कित्ता आइपीओ भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार छ सय २७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।