काठमाडौं। खाने तेल र घ्यूँको मूल्य २१.३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनयता चैतसम्म उक्त प्रतिशत मूल्यवृद्धि भएको बताएको छ।
पछिल्लो समय निषेधाज्ञा लागू भएसंगै खाने तेलको मूल्य निकै बढेकाे छ । उपभोक्ताले ब्यापारीले मनोमानी मूल्य वृद्धि गरेको भन्दै बजार अनुगमन गरिदिन आग्रह गरेका छ्न ।
यस अवधिमा माछा/मासुमा १२.६१ प्रतिशत, सुर्तिजन्य वस्तुमा १०.४१ प्रतिशत र सफ्ट पेयपदार्थको मूल्य १०.१८ प्रतिशतले बढेको छ। यो गत आर्थिक वर्ष २०७६/७७ को साउन/चैत अवधिको तुलनामा हो।