महिला लघुवित्तमा १ हजार लगानी गर्ने ५० हजारको मालिक बने, अझै बढ्ने अनुमान

महिला लघुवित्तमा १ हजार लगानी गर्ने ५० हजारको मालिक बने, अझै बढ्ने अनुमान

काठमाडौं । केही महिना अघि मात्र सर्वसाधारणलाई सेयर जारी गरेको माहिला लघुवित्तले सेयरधनीहरुलाई मालामाल बनाएको छ । चैत ३ देखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य आज ५ हजार ३० रुपैयाँ पुगेको छ।

सर्वसाधारणहरुले एक हजार रुपैयाँबाट लगानी सुरु गरेको कम्पनी मूल्य निरन्तर सर्किट लाग्दै बढेपछि आज ५० हजार रुपैयाँको मालिक बनेका छन् ।

लघुवित्तले जारी गरेको ४ लाख कित्तामा पनि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता मात्र सर्वसाधारणलाई वितरण गरेको थियो । वित्तीय अवस्था राम्रो भएको र सेयर संख्या थोरै भएकाले पनि सेयर मूल्य बढेको हो । यसको मूल्य अझै बढ्न सक्ने अनुमान जानकारहरुले गरेका छन् ।

प्रकाशित मिति:     २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar