एक सातामा तेस्रो पटक घट्यो कुखुराको मासुको मूल्य

एक सातामा तेस्रो पटक घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं। यो एक सातामा तेस्रो पटक कुखुराको मासुको मूल्य घटेको छ। निषेधाज्ञाका कारण खपत कम भएपछि मासुको मूल्य घटेको हो ।

किसानले जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाउन थालेका छन्। यसअघि किसानले गत सातासम्म जिउँदो कुखुराको मासुको मूल्य किलोमा ३०० रुपैयाँसम्म थियो । ह्याचरी उद्योग संघका अध्यक्ष टिका पोखरेलका अनुसार माग नहुँदा मूल्य घट्न थालेको हो । पछिल्लो समय कुखुराको मासु खपत निकै घटेको उनले जानकारी दिए ।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar