लकडाउनमा सेयर बजार खुलै रहने

लकडाउनमा सेयर बजार  खुलै रहने

काठमाडौं । बिहीबारदेखी लागू हुने काठमाडौं उपत्यकामा लकडाउनमा सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ ।

अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द भएको थियो । लामो समय बन्द हुँदा लगानीकर्ताहरुको पुँजी होल्ड भएके भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो ।

प्रकाशित मिति:     १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar