खाली ग्यासको सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

खाली ग्यासको सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

छिमेकी भारत र नेपालमै पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो ।

त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो । अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए । हाल नेपालभर दैनिक १ लाख सिलिण्डर ग्यासको माग रहेको छ

प्रकाशित मिति:     १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar