उद्यमशीलताको ज्ञान र उद्यमशीलता प्रवर्धनमा जाेड

उद्यमशीलताको ज्ञान र उद्यमशीलता प्रवर्धनमा जाेड

काठमाडौं । नेपालमा उद्यमशिलता विकास र युवाहरु माझ उद्यमशीलताको ज्ञान र उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्य सहित सराेकारवालासँगकाे बैठक सम्पन्न भएकाे छ । आईएलओको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा साउथ एसिएन लिडरसिप इन इन्टरप्रेनरसिप ( सेल) कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसँग समन्वय बैठक साेमबार सम्पन्न भएको हाे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.राम कुमार फुयालको प्रमुख आतिथ्यता र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा बिभिन्न सरकारी निकायको प्रतिनिधि, शिक्षाविद्, युवा उद्यमी, तथा युवा उद्यमशिलता प्रवद्धनमा काम गरिरहेका संघ संस्थाको प्रतिनिधि सहित २७ जनाको उपस्तिथि रहेको थियो।युवाहरु माझ यो कार्यक्रमलाई सफल एवम् प्रभावकारी ढङ्गले संचालन गर्न सरोकारवाला सबै संस्थाबिच समन्वय र सहकार्यको आवश्यकता महसुस गराउँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सबै सहभागीलाई स्वागत गर्नु भएको थियो।

नेपालमा यस परियोजनाको उद्देश्य, योजना र कार्यबिधि माथि आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले जानकारी गराउनुभयो। उहाँले युवा उद्यमशिलतासँग नेपालको भबिष्य जोडिएको र देशको दिगो बिकाशको लागि उद्यमशिलताप्रति हरेक नेपालीको, उसको परिवारको र सबै समाजको नै धारणा सकारात्मक हुनुपर्ने र उद्यमशिलतालाई राष्ट्रिय गौरवको बिषय बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यसै गरी परियोजना प्रमुख डा.थोमस खिरिङ्गले भर्चुअल मार्फतबाट जोडिँदै परियोजनाको रणनीति र मोडलको बारेमा थप जानकारी गराउनु भएको थियो । उहाँले युवा उद्यमशिलतासँग नेपालको भबिष्य जोडिएको र देशको दिगो बिकाशको लागि उद्यमशिलताप्रति हरेक नेपालीको, उसको परिवारको र सबै समाजको नै धारणा सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।बैठकमा युवा उद्यमशिलता सम्बन्धित भएको अनुसन्धानबाट प्राप्त नतिजालाई सौरब शाह र जुना माथेमाले प्रस्तुति गर्नु भएको थियो। बैठकमा उपस्थित सबैलाई धन्यबाद दिदै उद्योग बाणिज्य महासंघका महा निर्देशक गोकर्ण राज अवस्थिले समापन गर्नु भएको थियो।यस परियोजनाले धेरै युवाहरुको उद्यमशिलतामा प्रवर्द्धन गर्न सहयोग हुने कार्यक्रम ब्यबस्थापक हरि पौडेलले बताउनुभयो ।

प्रकाशित मिति:     १६ भाद्र २०७९, बिहीबार  |    Himali Khabar