एक सातामा सुन २४ सय घट्यो ।

एक सातामा सुन २४ सय घट्यो ।

काठमाडौं। एक सातामा सुनको मूल्य तोलामा २४ सय घटेको छ । यस्तै चाँदी पनि ४५ रुपैयाँ सस्तिएको छ। आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारका तुलनामा १५ सय र गत आइतबारका तुलनामा २४ सय घटेको हो। शुक्रबार प्रतितोला ९१ हजार ५ सय थियो भने त्यसअघि गत आइतबार ९२ हजार ४ सय रुपैयाँ थियो। चाँदी पनि सस्तिएर प्रतितोला १२ सय ४० रुपैयाँ भएको छ। गत आइतबार १२ सय ८५ रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार १२ सय ६५ थियो।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar