नेपाल टेलिकमको रिचार्जमा समस्या

नेपाल टेलिकमको रिचार्जमा समस्या

काठमाडौं । अनलाइन माध्यमबाट गरिने नेपाल टेलिकमको रिचार्ज सेवामा समस्या देखिएको छ । मोबाइल वालेट, मोबाइल बैंकिङ जस्ता माध्यमबाट हुँदै आएको रिचार्ज सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार नेटवर्कमा समस्या आएकाले अनलाइनमार्फत रिचार्ज सेवा अवरुद्ध भएको हो । खल्ती, इसेवा, मोबाइल बैंकिङ एप जस्ता माध्यमबाट रिचार्ज गर्नमा समस्या देखिएको छ ।

प्रकाशित मिति:     २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar