एउटा चिठीका कारण भोडाफोनले गुमायो ४३ अर्ब २० करोड रुपैयाँ

एउटा चिठीका कारण भोडाफोनले गुमायो ४३ अर्ब २० करोड रुपैयाँ

एजेन्सी। एउटा चिठीका कारण भारतको टेलिकम सेवा कम्पनी भोडाफोन आइडिया लिमिटेडले २७ अर्ब भारतीय (४३ अर्ब २० करोड) नेपाली रुपैयाँ गुमाएको छ।

अखबार ‘द टेलिग्राफ’ का अनुसार भोडाफोनका अध्यक्ष कुमार मंगलम बिडलाले गत जुनमा मन्त्रिपरिषद्का सचिव राजीव गौबालाई एक पत्र लेखेर कम्पनीको नाममा ऋण बढेका कारण २७।६६ प्रतिशत हिस्सा खरिद गर्न सरकारलाई प्रस्ताव गरेका थिए।सो कुरा ‘लिक’ भएपछि भोडाफोनको शेयर गिरावट भएको हो।

प्रकाशित मिति:     २० श्रावण २०७८, बुधबार  |    Himali Khabar