अल्फाजुलु एड्भोकेट्स नेपालद्धारा ‘मेरो सदाबहार जन्मदिन उत्सब परियोजना’ को सुरुवात

अल्फाजुलु एड्भोकेट्स नेपालद्धारा ‘मेरो सदाबहार जन्मदिन उत्सब परियोजना’ को सुरुवात

काठमाडौं । अल्फाजुलु एड्भोकेट्स नेपालको (AlphaZULU Advocates Nepal) को “World Environment Day Celebration Campaign” अन्तर्गत ‘मेरो सदाबहार जन्मदिन उत्सब परियोजना’ सुरु गरिएको छ। अल्फाजुलु एड्भोकेट्स नेपालका कन्ट्री डाइरेक्टर आशिष शर्माको परिकल्पनामा प्रत्येक सदस्यहरुले आफ्नो जन्मदिन पारेर एउटा बिरुवा रोप्ने योजनाको सुरुवात् गरिएको हो ।

पर्यावरण, मेरो भावना , बिरुवा हुर्काउने जिम्मेवारी, दायित्वबोध सहित यो परियोजनाको सुरुवात गरियो बताइएको छ। यस कार्यक्रम अन्तर्गत हरेक सदस्यको जन्मदिन पारेर एक बिरुवा रोप्ने र उक्त बिरुवालाई स्याहार गर्ने र हरेक महिना बिरुवाको अवस्था स्वस्थ रहेको हुनुपर्ने जिम्मेवारी सहितको उपहार दिइनेछ ।

यस कार्यलाई बिस्तारै अभियानको रुपमा अघि सार्दै देशैभरि फैलाउने योजना रहेको छ । वातावरण र प्रकृतिसँग सम्बन्धित यस कार्यकम संयुक्त राष्ट्र संघको १७ वटा Sustainable Development Goals (SDGs) अन्तर्गत climate action पनि एक हो । यस परियोजनाले सोहि climate action लाई पनि सघाउ पुर्याउने विश्वास छ ।

एक दिन धेरै बिरुवा रोपेर अर्कोदिनबाट फर्केर नहेर्ने भन्दा एक जनाले एउटा मात्र भए पनि बिरुवा हुर्काउदा बढी प्रभावकारी हुने अल्फाजुलु एड्भोकेट्स नेपालका कन्ट्री डाइरेक्टर शर्माले बताउनुभयो । हाम्रो सोच र मनमा बिरुवा प्रतिको प्रेम जगाउनु यसको प्रमुख उद्धेश्य रहेको उहाँले जानकारी दिनसभयो ।
विश्व बाताबरण दिवसको अबसर पारेर रसुवाको आमाछोदिंगमो गाउँपालिका वडा नम्कर १ मा रहेको श्री हाकुबेसी आधारभूत विद्यालय, रसुवामा अल्फाजुलु एड्भोकेट्स नेपालका प्रतिनिधि, विद्यालयका शिक्षक, बिद्यार्थी तथा सारांश मिडियाका प्रतिनिधि तथा अल्फजुलुको तर्फबाट सुजाता नेपालको नेतृत्वमा बृक्षारोपण कार्यक्रम सम्पन गरिएको थियो ।

यो अभियानलाई अल्फाजुलु एड्भोकेट्सका अन्तर्राष्ट्रिय स्वयंमसेवक एव विशिष्ट ब्यक्तित्वहरुबाट समेत समर्थन र सहयोग प्राप्त भएको छ। यो अभियानलाई विश्वको १३ वटा देशहरुस माली, इंडिया, नामिबिया, मलेसिया, क्यानडा, फ्रान्स, युक्रेन, जापान, अमेरिका, रुवान्डा, जोर्डन, युके, रक्यामेरन बाट पनि समर्थन प्राप्त भएको छ ।

यस अभियानलाई सफल पार्नु अभियानमा संलग्न सबैको दायित्व र जिम्बेबारी भएको वक्त्ता मुना अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति:     २४ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar