हेलि एभरेष्टले नयाँ हेलिकोप्टर थप्यो

हेलि एभरेष्टले नयाँ हेलिकोप्टर थप्यो

काठमाडौं । हेलि एभरेष्टले नयाँ हेलिकोप्टर थपेको छ । व्यावसायिक क्षमता विस्तारको क्रममा कम्पनीले तेस्रो हेलिकोप्टर थपेको हो।

कम्पनीले एयरबसको एच१२५ बीथ्रीइ सिरिजको हेलिकोप्टर ल्याएको हो। शनिबार काठमाडौं ल्याइएको हेलिकोप्टरलाई नाइन एन–एओए कलसाइन दिइएको उनले बताए। फ्रान्सबाट सिंगापुर‚ कोलकाता र वीरगंज हुँदै कन्टेनरमार्फत हेलिकोप्टर शनिबार काठमाडौं ल्याइएको हो । थप अर्को हेलिकोप्टर फेब्रुअरीमै ल्याउने कम्पनीको योजना छ।

कम्पनीले गत अगष्टमै दुईवटा हेलिकोप्टर खरिद सम्झौता गरेको थियो।

प्रकाशित मिति:     २ मंसिर २०८०, शनिबार  |    Himali Khabar